काठमाडौं । नेपाली काङ्ग्रेसकाे महामन्त्री गगन थापा भारतकाे प्रयागमा जारि महाकुम्भ मेला स्नान गर्न पुगका छन्। उनी परिवारसहित कुम्भ मेला पुगेका हुन्।
सामाजिक सञ्जालमा पाेष्ट राख्दै त्यसबारे जानकारी दिएका हुन्। उनले गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भएकाे बताएका छन्।