
काठमाडौं । राष्ट्र बैंकले स्न २०२५ मे ३१ पश्चात डेनमार्कको केन्द्रिय बैंकले खारेज गरेका त्यहाको मुद्रा आफुसँग भए सटही गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नागरिकसँग डेनिस क्रोनर (डीकेके) भए यही फागुन मसान्तभित्र (सन् २०२५ मार्च १३) सटही गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
प्रचलित व्यवसाय बमोजिम यस बैंकको बैदेशिक विभाग, बैदेशिक कारोबार गर्ने यस बैंकका प्रदेशीय कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्ने यस बैंकका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, वा परिवार विदेशी मुद्राको कारोबार गर्ने मनि चेंजर्सहरूबाट सटही गर्न र गराउन राष्ट्र बैंकले भनेको छ ।
यही फागुन मसान्तपछि त्यस्ता बैंक नोटहरू सटही गर्न यस बैंकलगायत इजाजतपत्र प्राप्त अन्य वित्तीय संस्था, मनि चेंजर्स र विदेशी विनिमय कारोबार गर्ने व्यवसायीहरूका निम्ति बाध्य नहुने व्यहोरा पनि राष्ट्र बैंकले सूचना प्रकाशित गरिएको छ ।
डेनमार्कको केन्द्रिय बैंकले कानुनी प्रयोगबाट खारेज गरिएका बैंक नोटहरू सम्बन्धी विस्तृत जानकारी डेन्मार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको पनि राष्ट बैंकले जनाएको छ ।





















