ताेलाकाे १ लाख ७० हजार माथि पुग्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला १ हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार पाँच सय रूपैयाँमा पुगेकाे छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।