काठमाडौं । काठमाडौंकाे जमलस्थित विश्वज्योति हल अगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका ५६ वर्षीय अम्बरबहादुर बोगटी छन् । बोगटीलाई मंगलबार बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको हाे ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालकलाई पक्राउ परेका छन्।