अब फेसबुकका लाइभ भिडियो ३० दिनपछि आफै डिलिट हुने

काठमाडौं । अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि आफै डिलिट हुने भएको छ ।

फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् ।

यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुने फेसबुक सञ्चालक संस्था मेटाले जानकारी दिएकाे छ ।

फेसबुकका अनुसार भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । ताकि साे भिडियाेलाई सेभ गर्न सकियाेस । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here