काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरेको हो । यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ’, युनभर्सिटीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएको छ ।
आइतबार २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग मा दुई पटक निवेदन दिएपनि कलेजले बेवास्ता गरेकाे थियाे। विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन गरेपछि कलेजका सुरक्षागार्ड र बाउन्सरहरुले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको थियाे।
त्यसपछि कम्तिमा १११ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् । उनीहरुलाई फिर्ता ल्याउन भन्दै युनिभर्सिटीले अभिभावकलाई इमेल समेत पठाएको छ ।























