डिपसिकलाई दक्षिण कोरियाले लगायो प्रतिबन्ध

दक्षिण कोरियाले डिपसिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। सोमबारदेखि नै दक्षिण कोरियामा चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्पनी डिपसिकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको हो।

दक्षिण कोरियामा अहिले डिपसिक एप गुगल प्लेस्टोर र एप्पल स्टोरहरूबाट हटाइएको छ। डिपसिककले देशको डेटा सुरक्षा कानुनको पालना गर्नेबारे निश्चित नभएसम्म दक्षिण कोरियाले डिपसिकलाई प्रतिबन्ध लगाइने बताइएको छ ।

एपले दक्षिण कोरियालीहरूको व्यक्तिगत डेटा सुरक्षा सम्बन्धी कानुनको पालना गरेको सुनिश्चित गरेपछि एप पुनः सुरु हुने नियामक अधिकारीहरूले बताएका छन्।

विश्वव्यापी हेडलाइन बनेको एक हप्तामा, डिपसीक दक्षिण कोरियामा अत्यधिक लोकप्रिय भएको थियो । डिपसिकले यस्तै खालका अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा उछिनेपछि सेयर बजारमा तहल्का मच्चिएको थियो। डिपसिक सार्वजनिक भएपछि एआईमा काम गरिरहेका अमेरिकी कम्पनीहरूको सेयर मूल्यमा व्यापक कमी आएको थियो।

यद्यपि यसले अनधिकृत डाटा प्रयोग गरेको शंकमा ओपनएआई र माइक्रोसफ्टले छानबिन समेत सुरू गरेको छ। दक्षिण कोरियामा वेभ ब्राउजरबाट भने चलिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here