उच्च बिन्दुबाट ओर्लियो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लाे दिन पाँच सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

आज सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुन उच्च बिन्दु प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।