९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थिए ।

चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए । फागुन २ गते बिहान करिब १२ बजे राना सवार मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here