अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप: नेपाल र म्यानमार बराबरीमा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ।

खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गरेकि थिइन् । त्यसपछि नेपालका लागि सविता रानामगरले गोल गर्न सफल भइन्।

१६ मिनेटमा म्यानमारले दोस्रो पटक मे लुले म्यानमारका लागि गाेल गरिन्। ४१ मिनेटमा नेपालले दोस्रो पटक बराबरी गोल गर्न सफल भयो। साम्बाकाे गाेलमा नेपालले २-२ को बराबरीमा ल्याउन सफल भयो।

दोस्रो हाफमा भने गाेल नगरेपछि खेल बराबरीमा टुङ्गिएकाे हाे।
दुवै टोली लिग चरणमा किर्गिस्तान र लेबनानलाई पराजित गर्दै फाइनल पुगिसकेका छन्। अब आगामी बुधबार साँझ छ बजे नेपाल र म्यानमार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here