काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।
सेयर बजार बढेपनि कारोबार रकम भने घटेकाे छ। अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८ करोडको भयो ।
आज ९० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ९ को स्थिर रह्यो । काराेबारमा आएकामध्य अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो । त्यस्तै लगानी ०.९८, उत्पादन ०.९७ र बैंकिङ ०.०९ प्रतिशत बढेका छन् ।
यता फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशत घटेकाे छ। विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशत घटेका हुन् ।
साेमबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे
छ। राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो ।
यता विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घटेकाे छ ।






















