काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ।
बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा नेपाल र म्यानमारबीच भिड्नेछन् ।
प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए।
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले। नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरेका थिए।
फिफा वरीयतामा नेपाल १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा छ। नेपाल र म्यानमारको महिला फुटबल टोलीबीच अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएकोमा चारै खेलमा नेपाल जितबिहीन छ।