प्रकृति लम्सालको मृत्युबारे छानबिन समितिले लिन थाल्यो कलेजका अधिकारीहरुको बयान

काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ ।

लम्सालको मृत्युपछी सिर्जित परिस्थिति बारे कलेजका संस्थापक अच्युत सामन्तबाट बयान लिन थालेको हो । ओडिसा राज्यको अतिरिक्त प्रमुख सचिव सत्यब्रत साहु नेतृत्वको उच्चस्तरीय समितिले बयानका लागि कलेजका थप चार अधिकारीहरुलाई बोलाएको छ।

अनुशासन विभाग प्रमुख पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक कमिटी प्रमुख इप्सिता सत्पथी र सहायक निर्देशक स्मारिका पाटीलाई बयानका लागि उपस्थिति हुन भन्दै पत्र पठाएको छ।

यसअघि कलेजका संस्थापक सामन्तसहित अरु ७ शीर्ष अधिकारीहरुलाई नेपाली विद्यार्थीलाई मात्र कलेज छाड्न भन्दै किन सूचना जारी गरियो भन्ने प्रश्न सोधिएको थियो । सामन्तसहितका अधिकारीहरुलाई नेपाली विद्यार्थीलाई लक्षित गरेर प्रयोग गरिएको अपमानजनक शब्द बाेलेकाेबारे समेत सोधिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here