यस्ताे रहनेछ आजको मौसम,केही पहाडी भेगमा चट्याङ सहित वर्षाकाे सम्भावना

काठमाडौं । पश्चिमी वायूका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यता तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ। बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

आज सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि जानकारी दिएको छ। बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान महाशाखाकाे छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा राति मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here