इन्स्टाग्रामले टिकटक जस्तै भिडियाे एप ल्याउदै

काठमाडौं । टिकटकलाई टक्कर दिने उदेश्यसहित इन्स्टाग्रामले आफ्नो छोटो भिडियो एप सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसलाई कतिपयले अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर त्यसको फाइदा उठाउन लागेको टिप्पणी समेत गरेका छन् ।

इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका थिए । एक रिपोर्टका अनुसार नयाँ एप टिकटकसँग मिल्दोजुल्दो हुनेछ र चिनियाँ प्लेटफर्मजस्तै भिडियो स्क्रोलिङको अनुभव प्रदान गर्नेछ ।

जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानून पालना गर्न ७५ दिनको समय दिएका थिए ।

पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले बनाएको कानून अनुसार, यदि टिकटकले अमेरिकी कानूनको पालना गर्दैन भने, यसले यसलाई स्थानीय कम्पनीलाई बेच्नु पर्नेछ वा प्रतिबन्धको सामना गर्नुपर्नेछ । त्यस्तै युरोपका केही देश ता भारतमा समेत टिकटक वयान्ड गरिएको छ । ती देशहरुमा इन्स्ताको नयाँ भिडियो सेयरिङ एपले लोकप्रीयता कमाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here