ह्वाइट हाउसस्थित ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भेन्सबिच चर्काचर्कि भएको छ।
ट्रम्पले जेलेन्स्कीलाई तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाउनुका साथै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका बाहिरिने चेतावनी दिए।
अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित जेलेन्स्कीले वासिङ्टन पुगेका थिए जेलेन्स्की।
तर ह्वाइट हाउसमा भएको छलफलपछि दुई देशबीचको सम्बन्ध सुभार हुनुपर्नेमा थप बिग्रिएको छ। ट्रम्पले जेलेन्स्कीलाई करोडौं मानिसहरूको जीवनमा खेलवाड गरेको र तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए। जेलेन्स्कीले त्यसको खण्डन गरेपछि ट्रम्प थप आक्रोशित देखिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर “पुटिनसँग सम्झौता नगर्ने बताएका थिए ।
त्यसपछि संयुक्त पत्रकार सम्मेलन स्थगित भयो र ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न निर्देशन दियो।
ह्वाइट हाउसमा भएको चर्काचर्कीको भिडियो सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुलह गर्न भनेर वाशिङ्टन गएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की निराश भएर फर्किए।




















