काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ ।
अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक बढेर २८९० अंकमा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भएकाे हाे ।
१९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रहेकाे छ। आइतबार बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८प्रतिशत बढेका छन्। त्यस्तै लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढेका छन्।
आज हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेका छन्। त्यस्तै पाेखरा फाइनान्सको ९.२, बोटलर्स नेपाल बालाजुको ८.८, सप्तकोशी विकास बैंकको ८ र शिवम् सिमेन्टको ७.९ प्रतिशत मूल्य बढेकाछन् ।
यता समाज लघुवित्तको मूल्य १० प्रतिशत घटेकाे छ।

























