काठमाडौं । २०२५ काे फेब्रुअरी महिनामा नेपालमा ९६ हजार पर्यटक आएका छन्।
नेपाल पर्यटन बाेर्डले सार्वजनिक गरेकाे तथ्यांकका अनुसार ९६ हजार ८ सय ८० जना पर्यटक नेपाल घुम्न आएका हुन्
नेपाल भ्रमण गर्ने पर्यटकहरूमा सबैभन्दा बढी भारतीय छन्। भारतबाट फेब्रुअरी महिनामा मात्र १९ हजार १ सय ८७ पर्यटक नेपाल आएका छन् । जुन कुल पर्यटकको १९.८ प्रतिशत हाे ।
त्यसपछि दाेस्राेमा १० हजार ३ सय ४८ संख्यामा अमेरिकी पर्यटक नेपाल आएका छन् । त्यस्तै ८ हजार २ सय ३२ चिनियाँ पर्यटक, ५ हजार ६ सय ९ थाइ पर्यटक र ५ हजार ५७ बेलायती पर्यटक नेपाल आएका तथ्यांकले देखाएको छ।