काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा नियुक्त भएका हो ।
पोखरेलको नियुक्तिसँगै बैंकको नेतृत्व थप मजबुत हुने साथै बैंकिङ तथा वित्तीय क्षेत्रमा उनको अनुभव र दक्षताले संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।