साताकाे अन्तिम काराेबारका दिन घटेर बन्द भयाे नेप्से

काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार २.७० अंक घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक २८१८ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब १० करोडको भएकाे हाे। कुल ९९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १२ को स्थिर रहेकाे
छ।

विकास बैंक सेक्टर सबैभन्दा धेरै १.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.०३, उत्पादन ०.२४, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.०६, लगानी ०.१४ तथा जीवन बीमा ०.८०, निर्जीवन बीमा ०.०४, अन्य ०.७१ तथा व्यापार ०.२४ प्रतिशत घटे ।

तीन कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, भूगोल इनर्जी, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै राप्ति हाइड्रोपावरको ९.९१, महालक्ष्मी विकास बैंकको ७.८४ प्रतिशत मूल्य बढेकाे
छ।

गुराँस लघुवित्तको ७.६ तथा लइफ इन्स्योरेन्स कर्पोरेसनको ६.३५ प्रतिशत मूल्य घटेकाे छ ।