काठमाडौं। बुद्ध एयरको ९ एन-एएनएच कलसाइनको जहाजकाे देब्रेपट्टिको नोज व्हील जनकपुरमा छुटेकाे छ। बुद्धको जहाजले बिहिबार अपराह्न ४:३९ बजे जनकपुरबाट काठमाडौं उडान भरेकाे थियाे । जहाजले उडान भर्ने क्रममा देब्रेपट्टिको नोज व्हील जनकपुरमै छुटेको हो।
जहाज ५:०६ बजे त्रिभुवन विमानस्थलमा सुरक्षीत अवतरण भएको छ।