काठमाडौंका यी स्थानमा पाँच घण्टासम्म विजुली नआउने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा पाँच घण्टासम्म विद्युत अवरुद्ध छ। बलम्बु वितरण केन्द्रको दुईटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुका शनिबार दिउँसो विद्युत अवरूद्ध भएको हो ।

मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । उक्त फिडर अन्तर्गतको क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसोझ ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

प्राधिकरणका अनुसार आज सतुंगल फिडर अन्तर्गतका कन्चन गेट, बोसीगाउँ, बौथली, सतुङगल चोकलगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म वत्ति गएकाे छ ।

त्यसैगरी रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सव स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, र्‍याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, सांग्रिला होटेल हुँदै महाराजगन्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । विद्युतीय तार भूमिगत गर्न उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । तर निर्धारित समय अगाडि नै काम सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here