काठमाडौं । दाउन्नेस्थित पूर्व-पश्चिम राजमार्गको ८४ मोडमा आज बिहान ६:४५ बजे दाउन्नेमा बस र ट्रक ठोक्किएको छ।
काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४१३८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ८५७५ नम्बरक ट्रक ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बस र ट्रकमा सवार सबै सकुशल छन्।
बसमा सामान्य क्षति भएको छ। दुर्घटना हुँदा राजमार्ग अवरूद्ध भएको थियो। अहिले सडक सुचारु भएकाे छ।






















