कुलमानलाई हटाउन खोजेको सन्दर्भमा गगन थापाले भने `मन्त्रीहरुले नचाहिँदा काम गरे प्रधानमन्त्रीले रोक्नुपर्छ´

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाका विषयमा भइरहेको विवादप्रति असन्तुष्टि जनाएका छन्। शनिबार कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ को सम्मेलनमा यस्ताे असन्तुष्टि व्यक्त गरेका हुन्। थापाले कुलमान घिसिङकाे प्रसङ्ग जाेड्दै एउटा व्यक्तिका विषयमा सरकार नै वाद विवादमा उत्रिएको बताए ।

सबै विषय बदनियत हो कि ढङ्ग नपुगेको हो भन्ने विषय आफूले नबुझेको महामन्त्री थापाले बताए। ‘सरकारमा बस्नेले कि राम्रो गर्नुस् नभए नराम्रो नगर्नुस्’ उनले भने ५० वटा राम्रो काम भएको बेला एउटा नराम्रो काम भयो भने हामीलाई दु:ख लाग्छ।’

उर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ अर्को प्रमुख प्रशासकीय अधिकृत प्रकरण छ। मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढङ्ग नपुगेको बेढङ्ग हो,´ उनले भने।

`तीन-चार महिनाभित्रै सेवा निवृत्त हुने अवस्थामा सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने तिर नसाेचेर सरकार नै एउटा व्यक्तिको पछि लागेको देखिन्छ, थापाले भने, `यस्तो कुरा ठिक होइन, उपयुक्त हुँदैनन्। मन्त्रीहरु नचाहिँदा काममा लागे रोक्ने काम प्रधानमन्त्रीको भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here