सामान्य बढ्याे सुनकाे भाउ, चाँदी स्थिर

काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।

आज सुनका भाउ १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here