काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीकाे घाँटि निचर्ने खालकाे व्यवहार गरेकाे आरोप लगाएका छन्। समस्या पर्दा सहयोग गर्नुको साटो बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेकाे बताएका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा ऋण असुल गर्न हतार गर्नुकाे बदला ऋण थपेर त्यसको व्यवसायलाई उकास्न मदत गर्नुपर्छ, हतार–हतार असुल्नतिर जाने हाेइन ।
कोही ऋणी भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले परिस्थितिले अप्ठ्यारोमा परेकाकाे मद्दत गर्न र तरिका मिलाएर ऋण उठाउन उनले बैंकहरुलाई सुझाव दिए ।
‘डुब्दैछ भने पहिले उसलाई उतार्नुपर्यो । ऊ डुबिहाल्यो भने त कहाँबाट तिर्छ ?’ उनले भने।