काठमाडौं । साेमबार नेप्से परिसूचक २०.६८ अंक घटेको छ। सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको हाे । यसँगै नेप्से लगातार छैटौं दिन बजार घटेको छ ।
आज कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भएकाे छ।
आज अन्यबाहेक सबै सेक्टर घटेका छन् । अन्य समूह ०.०८ प्रतिशत हरियो रहेकाे छ। यता बैंक ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशत घटेका छन् ।
नेस्डो समृद्धि लघुवित्तको १० प्रतिशत मूल्य बढेकाे छ। यता गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढेकाे छ। यता उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो ।
नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो ।