काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् ।
उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।
डा. शर्मा वीर अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।
























