मन्त्री उपस्थित नभएपछि स्थगित भयो संसद बैठक

काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि आज केही समयका लागि संसद बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए ।

संसद बैठकमा एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here