लगातार सात कारोबार घटेकाे बजार १७.२८ अङ्कले बढ्याे

काठमाडौं । लगातार सात कारोबार घटेकाे सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिसंगै नेप्से २७३६ अंकमा कायम भएको छ ।

आज कारोबारका क्रममा १२:४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो । बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । आज ८ अर्ब २३ करोडको भयो। मङ्गलबारख८ अर्ब ३९ करोडको कारोबार भएको थियाे ।

आज कारोबारमा आएका बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढेका छन् । त्यस्तै माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशत घटेका छन् ।

पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशत बढेकाे छ। त्यस्तै इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here