बूढानीलकण्ठ स्कुल र साझेदारी कार्यक्रममा ११९ जनालाई छात्रवृत्तिका लागि आवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रम अन्तर्गको विद्यालयहरूमा आवासीय सुविधासहित छात्रवृत्तिमा अध्ययन गर्न आवेदन खुलेको छ।

बूढानीलकण्ठ स्कुलमा ४२ जनाका लागि छात्रवृत्तिमा पढाउनका लागि आवेदन खुला गरिएको हो। त्यस्तै साझेदारी स्कुलहरूमा ७७ जनालाई कक्षा पाँचदेखि छात्रवृत्तिमा पढाउनका लागि आवेदन खुला गरिएको छ।

बुढानीलकण्ठमा ४२ मध्य लोपोन्मुख जातजातिबाट ४ जना, मुस्लिमबाट १ जना, मधेसीबाट ४ जना, जनजातिबाट ५ जना र पिछडिएको क्षेत्रबाट २ जना छानिनेछन्। त्यसमा पनि पचास प्रतिशत छात्रा रहने बताइएकाे छ।

खुला र आरक्षण गरी एक जिल्लाबाट एक जनाभन्दा बढी नहुनेगरी ४० जना विद्यार्थी परीक्षाबाट छनोट हुने सूचनामा उल्लेख छ।

त्यस्तै दुई जना भने बूढानीलकण्ठ नगरपालिकाकाबाट छनोट गरिनेछ। त्यसमा पनि र एक छात्र र एक छात्रा छनोट हुनेछन्।

त्यस्तै साझेदारी कार्यक्रम अन्तर्गतका साझेदारी स्कुलमा ७७ जनालाई छात्रवृत्ति दिइनेछ। साझेदारी स्कुलमा धनकुटाको शीतलादेवी माध्यमिक विद्यालय, सर्लाहीको नवजीवन माध्यमिक विद्यालय, काठमाडौंको कुलेश्वर आवास माध्यमिक विद्यालय, कास्कीको जनता माध्यमिक विद्यालय र कैलालीको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय साझेदारी कार्यक्रमा सहभागी छन्।

ती विद्यालयहरूमा छात्रवृत्तिमा पढ्नका लागि २६ जना छात्रा, दलिततर्फ ५ जना, मुस्लिमतर्फ ६ जना, जनजातितर्फ ९ जना, सहिद तथा द्वन्द्वपीडित परिवारका सन्तति र वैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारबाट १ जना छनोट हुनेछन्। परीक्षामा सहभागी हुनका लागि चैत २७ गतेसम्म फाराम बुझाउनुपर्नेछ। फारामको दस्तुर एक सय रूपैयाँ तोकिएको छ।

मासिक ५० हजार वा सोभन्दा बढी आय हुने अभिभावक वा नेपाल सरकारको उपसचिव वा सोसरह र सोभन्दा माथिको पदमा कार्यरत कर्मचारीका छोराछोरी छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन नसक्ने पनि सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here