सुनको भाउ हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले बढेको छ

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले बढेको छ । यो भाउ इतिहासकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला २०५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here