काठमाडौं । भिटामिन ‘डी’को कमी अहिने विश्वव्यापी रुपमा समस्याको विषय बनिसकेको छ । विश्वमा एक अर्ब भन्दा बढी जनसंख्यामा भिटामिन डीको कमी भएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
नेपालको सन्दर्भमा आधुनिक जीवनशैलीका कारण अहिले भिटामिनकाे लेभल जाँच गर्न आएकामध्य ९० प्रतिशतमा भिटामीन डी कमी हुने ल्याव टेक्निसियन सन्ध्या रेग्मी बताउँछिन् ।
पछिल्लो समय विशेषगरी सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। शहरमा बिहानको घाम ताप्ने प्रचलन नै छैन त्यसले गर्दापनि अधिकांशमा भिटामिन डि कम हुने उनले बताइन् ।
शरीर गल्ने, कम्मर, ढाड र हड्डी दुखाइसम्बन्धी समस्या लिएर अस्पताल पुग्ने अधिकांश बिरामीमा भिटामिन डीको कमी देखिन्छ । पहिले यस्तो समस्या बुढापाकामा देखिने गरेकोमा अहिले युवायुवतीहरूमा देखिन थालेकाे छ ।
पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खाना तथा जीनवशैलस्ले भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्। त्यसाृे भिटामीन डिको मात्रा बढाउन भिटामीन डि ट्याप्लेट खान सकिन्छन् । तर यसको अर्को समयस भनेको यसले डिप्रेशन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग निम्त्याउने विज्ञहरु बताउछन् ।
प्राकृतिक रुपमा धेरै कम खानेकुरामा जस्तो समुन्द्रि माछा, सालमोन, म्याकारोलको कलेजोमा भिटामिन पाईन्छ । थोरै मात्रामा अन्य जानवरको कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुध, च्याउमा पनि भिटामिन डी पाइन्छ । प्राकृतिक रुपमा धेरै कम खानेकुरामा जस्तो समुन्द्रि माछा ९टयुना, सालमोन, म्याकारोलको कलेजोमा भिटामिन पाईन्छ । थोरै मात्रामा अन्य जानवरको कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुध, च्याउमा पनि भिटामिन डी पाइन्छ ।
भिटामिन डी कमी हुँदा २० मांशपेशी एवं हड्डी दुख्ने, तौल बढ्ने, जोर्नी दुख्ने, मानसिक तनाव, टाउको दुख्ने रक्तचाप बढ्नेलगायत लक्षण देखिन्छ । भिटामिन डीको स्रोत बिहानको घाम, दुग्धजन्य उत्पादन, माछ-मासु, अण्डा, सुन्तला, गहुँ, चना, मकैलगायत हुन् ।