दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई अमेरिकाले गर्याे देश निकाला

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समा स्टयाटस राख्दै यस्ताे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।’

दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन्।

यसअघि, फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहायता रोकेका थिए । यससँगै अमेरिका र दक्षिण अफ्रिकाबीच तनाव बढ्ने पक्का भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here