काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरेका छन् । आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै फिल्मकाे सेन्सरशिपकाे कुरा उठाएर यस्ताे आग्रह गरेका हुन् ।
‘राजनीतिक नियुक्ति पाएका सबै सेन्सर बोर्डका ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेको मान्छे नियुक्त गर्न उनले ध्यानाकर्षण गराउछु’ उनले भने ।
फिल्म रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोप्रति विरोध गरेका छन्। सांसद शाहले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर फिल्म बनाउँदा ‘राजागंज’लाई सेन्सर गरिएको कार्यको भत्र्सना गरे ।
सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे ।
चलचित्रकर्मीले अघि बढाउन खोजेको सेन्सरसिपको आन्दोलनमा आफूले ऐक्यबद्धता जनाउने पनि उनले बताए ।