काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफू जुम्लाबाट हाहा हो हो गरेर नभइ जनताबाट चुनाव जितेर आएको बताएका छन्।आइतबार
प्रतिनिधिसभा बैठकमा ज्ञानेन्द्रलाई एमालेका सांसद रघुजी पन्तले ‘जुम्लामा हाहु गरेजस्तो होइन, राजाका इतिहास पढेर आउनू’ भनेपछि उनले यस्ताे बताएका हुन्।
सामाजिक सञ्जालमा शाहीले लेखेका छन् ‘हो माननीय ज्यू तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।’