काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाएकै कारण कसैलाई पक्राउ गर्नु नहुने बताएका छन्।
आइतबार चितवन राप्रपाका एक नेता प्रचण्डको तस्वीर जलाएको आरोपमा परेका थिए ।
प्रचण्डले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ताे बताएका हुन्।