मन्त्री निवास आसपास निषेधाज्ञा जारी

३ चैत, काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला भएर कुनै पनि प्रदर्शन गर्न नपाउने भन्दै मन्त्री निवास लगायत केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

आइतबार जारी भएको विज्ञप्तिमा पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र निषेधाज्ञा लगाइएको उल्लेख छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्यमुख्य प्रशासनिक केन्द्रमा भेला भई धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश ढकालले जानकारी दिए।

उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा सोमबारदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेका हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here