काठमाडौं । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिने बताइएको छ ।
गृहमन्त्री रमेश लेखकले सोमबार प्रतिनिधिसभाको बैठकमा यस्ते जानकारी दिएका हुने ।
‘बालबालिका,आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ’, उनले भने।





















