काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका अन्तरिक्षयात्री बुच विल्मोर र सुनिता विलियम्स बुधबार पृथ्वी फर्कने भएका छन् ।
उनीहरूलाई पृथ्वी फिर्ता ल्याउन प्रक्षेपण गरिएको क्रु १० मिसन आईएसएसमा पुगेकाे छ। सुनिता र बुचसहित नासा अन्तरिक्षयात्री निक हेग र रोसकोसमोसका अलेक्जेन्डर गोर्बुनोभ क्रु ९ मिसनमार्फत पृथ्वी फर्कनेछन् । उनिहरु विगत नौ महिनादेखि अन्तरिक्ष्यमा थिए ।
सुनिता र बुच २०२४ को जुन महिनामा बोइङको स्टारलाइनर क्याप्सुलमा सवार भएर आठ दिनका लागि अन्तरिक्ष गएका थिए । तर, क्याप्सुलमा हिलियम लिकलगायत प्राविधिक समस्या देखिएपछि उनीहरू फर्कन नसकेका हुन्। दुवै अन्तरिक्षयात्री ८ दिनका लागि मात्र इन्टरनेशनल स्पेस स्टेशन गएका थिए ।