स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (बाहिरिएका) भएका छन् । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्।
उनीहरुसँगै नासाका अन्तरिक्ष यात्री निक हग र रूसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्कनेछन्।
सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए।