श्रीलंकाका लागि नेपाली राजदूत नेपालीले लिए पद शपथ

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेकोमा १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

१९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here