काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको बारे बिहिवार सांसदहरूले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।
चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । घर भत्काएपछि पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ । त्यसप्रति आपत्ति जनाउँदै सांसदहरूले भत्र्सना गरेका हुन् ।