काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ ।बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला १ हजार रूपैयाँ घटेको हो।बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला २ हजार ३० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।