काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले क्रान्तिको समयका लागि तयार रहन अपिल गरेका छन् । शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग लामिछानेले यस्तो बताएका हुन् ।
उनी काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । उनले भने ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रेभुलेसन ।’
उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने समे बताए । ‘म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले भने, अहिले मलाई बाेल्न नलगाउनुस‘ जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’
उनले अहिले आफू आवेग र उत्तेजनामा नभएको समेत प्रष्ट पारे । सरकार नाङ्गिएकाेले लाज छाेप्न अदालत पुगेके समेत उनले बताए ।