गजामा इजराइलले गर्याे हवाई आक्रमण, शीर्ष नेता मारिए

गजामा इजरायलको आक्रमणमा परी हमासका एक शीर्ष नेताको मृत्यु भएको छ।

आइतबार गजाको दक्षिणी भूभाग खान युनिसमा इजराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हवाई आक्रमणमा नेता बर्दाविलसहित उनकी श्रीमती पनि मारिएकी छिन्।

हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले फेसबुक पेजमा एक पोस्ट मार्फत बर्दाविलको मृत्युमा शोक व्यक्त गरेको रोयटर्सले जनाएको छ।