ओरालो लाग्यो सुनकाे भाउ, चाँदिमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ।

शुक्रबार प्रतितोला १ हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here