भक्तपुरमा मृत अवस्थामा भेटिए एक व्यक्ति

काठमाडौं । भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।

मृतक खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेका छन् ।

उनको दाहिने कानको छेउ र टाउकाेमा चोट लागेको पाइएको छ ।

शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ । उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here