थानकोट नजकिदै हायस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं। चितवनबाट आउँदै गरेको हायस आज थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षीया महिला सबिना गुरूङ रहेकी छिन् । हायस अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्‍यु भएको हो ।

त्यस्तै दुर्घटनामा परी चितवनको कालिका नगरपालिका-७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ३३ वर्षीया बिन्दु देवकोटा, बिन्दुको छोरा दिब्यन पोख्रेल (डिस्चार्ज भइसकेका), ४० वर्षीया अनिता थापा, ३७ वर्षीय मोहित गुरूङ, २५ वर्षीय सीमा कुमाल, २० वर्षीया कुसुम राईकाे उपचार भइरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here