त्रिशूलीमा ट्रक खस्याे, चालककाे मृत्यु

सहचालक यादव घाइते

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक रौतहट घर भएका अन्दाजी ३५ वर्षीय रामनारायण यादव छन्। दुर्घटनामा सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते छन् ।

आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक त्रिशूलीमा खसेको थियो । ट्रक आफैं अनियन्त्रित भई नदिमा खसेकाे बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here